एक भजन।
उहाँको मुक्ति र न्यायको लागि प्रभुको प्रशंसाको गीत

1. परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।

2. उहाँको पवित्र दाहिने पाखुराले उहाँलाई फेरि विजय तुल्यायो।

3. परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।

4. उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।

5. हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। प्रशंसाको गीत गाउन प्रारम्भ गर!

6. परमप्रभुको प्रशंसा वीणा बजाएर गर। वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।

7. तुरही र कर्णालहरू बजाऊ, अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।

8. समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।

9. हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

Bibles

Books

Chapters