आरोहणको गीत।
परमेश्वरले उहाँलाई खोज्नेहरूको सहायता गर्नुहुन्छ

1. सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?

2. मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ।

3. परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।

4. इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न।

5. परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।

6. तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन।

7. परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।

8. तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

Bibles

Books

Chapters