इस्राएलको छुटकारामा परमेश्वरको शक्ति

1. इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।

2. यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।

3. लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।

4. पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले

5. लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?

6. हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै’ बुथ्रुक-बुथ्रुक उफ्रियौ?

7. हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।

8. परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

Bibles

Books

Chapters