धन्यवाद को एक भजन।
उहाँका मानिसहरूलाई प्रभुको विश्वासयोग्यताको लागि प्रशंसाको गीत

1. हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।

2. परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!

3. परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।

4. उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।

5. परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

Bibles

Books

Chapters