फर्किने निर्वासनहरूको सूची

1. जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।

2. तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।

3. मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”फर्केर आएका कैदिहरूको सूची

यरूशलेम फर्केका कैदीहरू

4. यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।

5. यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरणपुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।

6. यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)

7. तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः

8. परोशका कुलहरू 2,172

9. शपत्याहका कुलहरू 372

10. आरहका कुलहरू 652

11. पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818

12. एलामका कुलहरू 1,254

13. जत्तूका कुलहरू 845

14. जक्कैका कुलहरू 760

15. बिन्नूईका कुलहरू 648

16. बेबैका कुलहरू 628

17. अज्गादका कुलहरू 2,322

18. अबोनीकामका कुलहरू 667

19. बिग्बैका कुलहरू 2,067

20. अदीनका कुलहरू 655

21. आतेरका अर्थात हिज्याहका कुलहरू 98

22. हशूमका कुलहरू 328

23. बेसैका कुलहरू 324

24. हारीमका कुलहरू 112

25. गिबोनका कुलहरू 95

26. बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

27. अनातोत शहरका मानिसहरू 128

28. अज्मावेत शहरका मानिसहरू 42

29. किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743

30. रामा अनि नेबा शहरहरूका मानिसहरू 621

31. मिक्मास शहरका मानिसहरू 122

32. बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123

33. अर्को नेबो शहरको मानिसहरू 52

34. अर्को एलाम शहरको मानिसहरू 1,254

35. हारीम शहरका मानिसहरू 320

36. यरीहो शहरका मानिसहरू 345

37. लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721

38. सना शहरका मानिसहरू 3,930

39. पूजाहारीहरूःयदायाहका कुलहरू अर्थात 973

40. इम्मेरका कुलहरू 1,052

41. पशहूरका कुलहरू 1,247

42. आरीमका कुलहरू 1,017

43. लेवीहरूःयेशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74

44. गवैयाहरूःआसापका कुलहरू 148

45. द्वारपालहरूःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता अनि शेबैका कुलहरू 138

46. मन्दिरका सेवकहरूःसीहा, हसूपा, तब्बाओत।

47. केरोस, सीआ, पादोन।

48. लबान, हगाबा, सल्मै।

49. हानान, गिदूदेलका, गहर।

50. रायाह, रसीन, नेकादा।

51. गज्जाम, उज्जा, पसेह।

52. बेसै, मुनीम, नापीश।

53. बक्बुक, हकूपा, हर्हूर।

54. बस्लीत, महीदा हर्शा।

55. बर्कोस, सीसरा, तेमह।

56. नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन।

57. सुलेमानका सेवकहरूका कुलहरूःसोतैइ, सोपेरेत, परीदा

58. याला, दर्कोन, गिददेल।

59. शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।

60. शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392

61. मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।

62. दलायह, तोबियाह अनि नकोदाकाकुलहरू 642

63. पूजाहारीहरूमा होबायाह,हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।

64. तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए।

65. प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।

66. सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो।

67. अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए।

68. त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,

69. 720 गधाहरू र 245 खच्चरहरू थिए।

70. केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।

71. केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1/3 टन चाँदी प्रदान गरे।

72. अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।

73. जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

Bibles

Books

Chapters